सुखड, कैलाली – कार्तिक १ दलित समुदायको हकअधिकार र चेतनाको सशक्त आवाज उठाउँदै आइरहेको दलितका लागि दलित अभियान नेपालले कैलाली जिल्लामा बृहत जागरण सभाको आयोजना गर्ने भएको छ।

उक्त जागरण सभालाई सम्बोधन गर्न अभियानका केन्द्रीय संयोजक खगेन्द्र सुनार स्वयं कार्तिक १ गते कैलाली आउन लागेका हुन्। जागरण सभा घोडाघोडी नगरपालिकास्थित सुखड बजारमा आयोजना हुनेछ। कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुने जानकारी दलितका लागि दलित अभियान नेपाल, कैलाली जिल्ला समितिका अध्यक्ष सन्तोष आउजीले दिनुभयो।

अध्यक्ष आउजीका अनुसार, उक्त सभा दलित समुदायका सवालमा जनचेतना फैलाउने, अधिकारको प्रत्याभूति गराउने र एकताबद्ध आवाज बुलन्द गर्ने उद्देश्यले आयोजना गरिएको हो। उहाँले क्षेत्रका नागरिक समाज, व्यापारी, व्यवसायी, उद्योगी, पत्रकार, आमाबुवा, दाजुभाइ र दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गर्नुभएको छ।-

