जोशीपुर जेसीजको अध्यक्षमा जीवन डंगौरा निर्वाचित
जोशीपुर, १८ पुस // जोशीपुर जेसीजको १२औँ शाखा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट जीवन डंगौरा अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ।

नव निर्वाचित कार्यकारिणी समितिको कार्यकारिणी उपाध्यक्षमा खेमराज जोशी र रेणु कुमारी डंगौरा, उपाध्यक्षमा लक्ष्मण कुमार वि.क. र साधना कुश्मी निर्वाचित भएका छन्। त्यसैगरी महासचिवमा सन्तोष वि.क., कोषाध्यक्षमा सुशिल चौधरी चयन हुनुभएको छ। कानुनी सल्लाहकारमा सुजित चौधरी तथा सचिवमा रविना कुमारी चौधरी मनोनित हुनुभएको छ।
अधिवेशन जोशीपुर जेसीज वर्ष २०२५ का अध्यक्ष भुमिसागर सुनारको सभाध्यक्षता तथा जोशीपुर जेसीजका संस्थापक अध्यक्ष सन्तोष पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।कार्यक्रममा जोशीपुर जेसीजका संस्थापक अध्यक्ष सन्तोष पौडेल, पूर्वअध्यक्षहरू शेखर श्रीपाईली, विष्णु डंगौरा, सुधराम दहित, धर्मेन्द्र विष्ट लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।
अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया निर्वाचन समिति संयोजक सुधराम दहित तथा सदस्य धर्मेन्द्र विष्टको नेतृत्वमा सम्पन्न भएको हो।कार्यक्रममा जोशीपुर जेसीजका पूर्व अध्यक्षहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
