गोदावरी, २०८२ असोज ३०, गोदावरी नगरपालिकामा हालैको जेन जि आन्दोलन विपत्तिपछि क्षतिग्रस्त संरचनाको पुनःनिर्माण तथा मर्मतका लागि विभिन्न संघसंस्थाहरूबाट आवश्यक सामग्री सहयोग प्राप्त भएको छ।

नगरपालिकाको आह्वान अनुसार मिति २०८२।०५।३० गते प्रकाशित सूचनापछि प्राप्त सहयोग निम्नानुसार रहेका छन्:
श्री साना किसान कृषि स.सँ.लि., गो.न.पा. वडा नं. ८ बाट १ थान प्रिन्टर श्री अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, गो.न.पा. वडा नं. २ बाट २ थान डेस्कटप कम्प्युटर सेट तथा २ थान मोनोक्रोम प्रिन्टर श्री रौलाकेदार मेडिसिन सप्लायर्स, गो.न.पा. वडा नं. २ बाट रु. ६,०७,५७४ बराबरको २० पेटी आधारभूत औषधि

श्री दुर्गा भवानी माध्यमिक विद्यालय, गो.न.पा. वडा नं. ७ बाट १ थान टेबल र १ थान स्टिल दराज श्री पृथ्वीनगर आमा समूह, गो.न.पा. वडा नं. १ बाट १ थान कम्प्युटर टेबल र १ थान घुम्ने कुर्सी श्री सृजनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि., गो.न.पा. वडा नं. ८ बाट १ थान रङ्गीन प्रिन्टरयस महत्वपूर्ण सहयोगका लागि गोदावरी नगरपालिकाले सबै सहयोगी संघसंस्थाप्रति हार्दिक आभार प्रकट गरेको छ।
यस्ता सहयोगले नगरको पूर्वाधार पुनःस्थापनाका कार्यहरूमा उल्लेखनीय टेवा पुर्याउने विश्वास लिइएको छ।-


