धनगढी – कैलाली प्रशासनको निर्देशन: राति १० बजेपछि होटल तथा मनोरञ्जन व्यवसाय बन्द गर्नू
कैलाली जिल्लाको प्रशासन कार्यालयले अब राति १० बजेपछि होटल, दोहोरी साँझ, डान्सबारलगायतका मनोरञ्जनसम्बन्धी व्यवसाय सञ्चालन गर्न नपाइने जानकारी दिएको छ।

मंगलबार जारी गरिएको सूचनामा भनिएको छ, “सार्वजनिक सुरक्षा, सुव्यवस्था र सामाजिक मर्यादा कायम राख्नका लागि अर्को व्यवस्था नभएसम्म सबै प्रकारका होटल तथा मनोरञ्जन व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिइन्छ।”यस्तो निर्णय गर्नुको कारण, कैलालीमा केही दोहोरी साँझ, डान्सबार र निश्चित होटलहरूले रातिको १ बजेसम्म व्यवसाय गर्दै आएको गुनासोहरू थिए। होटल व्यवसायीहरू भने ग्राहकहरू राति आउने भएकाले ढिलोसम्म व्यवसाय खोल्न दिनुपर्ने माग गर्दै आएका थिए।

यस्तो निर्णय गर्नुको कारण, कैलालीमा केही दोहोरी साँझ, डान्सबार र निश्चित होटलहरूले रातिको १ बजेसम्म व्यवसाय गर्दै आएको गुनासोहरू थिए। होटल व्यवसायीहरू भने ग्राहकहरू राति आउने भएकाले ढिलोसम्म व्यवसाय खोल्न दिनुपर्ने माग गर्दै आएका थिए।
प्रशासनले चेतावनी दिँदै भनेको छ, “यदि कसैले यो सूचनाको उल्लंघन गर्यो भने, उनीहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिनेछ।”



