कैलाली २२ मंसिर २०८२ ।। सुदूरपश्चिम महोत्सव २०८२ को १९औ संस्करण मङ्सिर २२ गते महोत्सव मूल आयोजक समितिका संयोजक पुष्कराज ओझा को अध्यक्षतामा उद्घाटन गरियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनाल विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घ का अध्यक्ष चन्द्रप्रसाद ढकाल र विशिष्ट अतिथिकैरुपमा धनगढी उपमहानगरपालिकाका मेयर गोपि हमाल र कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवर लगायत अन्य अतिथिहरू को उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा आउनुभएका नेपाल सरकार अर्थमन्त्रालयका अर्थमन्त्री रामेश्वर प्रसाद खनालज्यूको हातबाट उद्घाटन गरिएको थियो। प्रमुख अतिथिको रुपमा रहेका खनालज्यूले सुदूरपश्चिमलाई ठूला परियोजनाहरूमा पछि पारिएको र अब ठूला परियोजनाको पहिलो प्राथमिकता सुदूरपश्चिमलाई राख्ने प्रतिबद्धता जनाएका छन्।
यस सुदूरपश्चिम महोत्सव २०८२ ले सुदूरपश्चिमको कला संस्कृति र स्थानीय व्यापार व्यवसाय प्रवर्धन र आर्थिक समृद्धि गराउने विशेष उद्देश्यले यो महोत्सव आयोजना गरिएको हो।
सुदूरपश्चिम महोत्सव २०८२ उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि धनगढी उपमहानगरपालिका मेयर गोपी हमाल ज्यूले सुदूरपश्चिम प्रदेशको गेटा मेडिकल कलेज सुचारु गर्न विशेष माग सहित जोड गरेका थिए। सुदूरपश्चिममा विकास १९ वर्ष अगाडिका परियोजना हरू अहिले पनि सम्पन्न नभएको गुनासो पनि पोखेका थिए अबको विकास जनताले चाहेको अनुसार गर्नुपर्छ भन्दै कार्यक्रमको शुभकामना दिएका थिए।
उक्त कार्यक्रमका संयोजक पुष्पराज ओझा ले यो कार्यक्रम सुदूरपश्चिमको कला संस्कृति व्यापार व्यवसाय र मनोरञ्जनको लागि आयोजना गरिएको हो। यस्ता कार्यक्रमहरू गर्न को लागि सरकारले कार्यक्रम स्थलहरू बनाइदिनुपर्छ पनि जोडका साथ माग गरेका थिए ।
आज धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन र दोधारा–चाँदनी सुख्खा बन्दरगाह निर्माण जस्ता दीर्घकालीन महत्वका योजनाहरू सरकारको प्राथमिकतामा रहेको जानकारी दिए । जन–आन्दोलनबाट उठेका परिवर्तनका मागलाई संस्थागत गर्न समयमै निर्वाचन आवश्यक रहेको भन्दै उनले वर्तमान सरकार विकास निर्माणभन्दा बढी सुशासनमा केन्द्रित रहेको उल्लेख गरे। फागुन २१ गतेको निर्वाचनपछि युवापुस्ताले चाहेका प्रतिनिधिहरू निर्वाचित भई आए देशले नयाँ युगमा प्रवेश गर्ने उनको विश्वास छ।
अर्थमन्त्री खनालले देशभर पुनर्निर्माणका काम तीव्र रूपमा अघि बढिरहेको र भूकम्प तथा अन्य कारणले क्षतिग्रस्त भएका सरकारी कार्यालयहरूको पुनर्निर्माणमा सरकार सक्रिय रहेको पनि बताए। निर्वाचनको सुरक्षा व्यवस्थाबारे जनताले कुनै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताउँदै उनले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गरे। सरकारको पहिलो प्राथमिकता नै निर्वाचन सफल बनाउनु रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले निर्वाचनसँगै समग्र विकासको यात्रालाई पनि निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

