२७ असोज २०८२ काठमाडौं
इजरायल–हमास युद्धको समयमा बेपत्ता भएका नेपाली विद्यार्थी बिपिन जोशी अन्ततः जीवित नरहेको पुष्टि भएको छ। इजरायल का सैनिक अधिकारी ले बिपिन जोसी लगायत धेरै जना जिवित नरहेको समाचार औपचारिक रूपमा जनाएको छ।हमासले आज जोसीसहित चार जनाको शव इजरायली अधिकारीको जिम्मा लगाउने भएको छ।

केही वर्ष अघि इजरायलमा कृषि तालिमका क्रममा रहेका जोशी हमासको आक्रमणपछि बेपत्ता भएका थिए। बेपत्ता भए पछि नत उनको मृत्यु काे समाचार आउँथ्यो न जिवीत छन भन्ने नै पत्ता नै थिएन। उनी जिवीत नै छन् भन्ने सबै को आशा थियो। बिपिन एकदिन अवश्य फर्कन्छन् भन्ने आशा सबैको मन मा थियो। तर त्यो आशा आसमै सीमित रहृयो।अन्तत उनी आज यस संसार मा रहेनन्।

जोसि काे मृत्यु लाई नेपालि जनता हरुले गहिरो दुःख व्यक्त गर्दै बिपिन जोशीको आत्माको चिरशान्तिको कामना गरेका छन। साथै, उनको पार्थिव शरीर मात्र भए पनि छिट्टै स्वदेश ल्याइने छ । हमास ले जोशीसहितका चार जनाको शब आज इजरायलकाे जिम्मा लगाउने भएको छ।
