जनहित खबर टीकापुर
टीकापुर, कैलाली २ असाेज २०८२ —
टीकापुर नगरपालिका–१, ब्लक नम्बर ६, सत्कार मेडिकल नजिकै रहेको एक घर भत्काउने क्रममा एक मजदुर सिडीले च्यापिएर गम्भीर रूपमा घाइते भएका छन्। घटनापछि तत्कालै स्थानीय बासिन्दा र जेसीबी (JCB) को सहयोगमा ती मजदुरको उद्धार गरिएको हो।

प्राप्त जानकारी अनुसार, घर भत्काउने कार्य चलिरहेको समयमा अचानक सिडी खसेर ती मजदुरको शरीरको केही भाग च्यापिएको थियो। स्थानीयले तत्कालै उद्धारमा सक्रियता देखाउँदै जेसीबीको सहायता लिएर उनलाई निकालेर उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाएका छन्।

हाल घाइते मजदुरको अवस्था स्थिर रहेको बताइएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको स्थानीय प्रशासनले जनाएको छ।
“मानिसको जिन्दगी कतिबेला के हुन्छ, कसैलाई थाहा हुँदैन” भन्ने भनाइलाई सम्झाउने घटना टीकापुर नगरपालिकामा भएको हाे ।
