लिपुलेक, राष्ट्रियता र प्रधानमन्त्रीको भ्रमण : सुदन किरातीको विश्लेषण

काठमाडौं, १९ भाद्र २०८ — प्रधानमन्त्रीको हालै सम्पन्न चीन भ्रमणपछिका गतिविधिहरू, सार्वजनिक प्रचार र त्यसको प्रतिक्रियाले देशको कूटनीति र राष्ट्रियताको सवालमा गम्भीर प्रश्न उठाएका छन्। सत्तापक्षद्वारा भ्रमणलाई “ऐतिहासिक उपलब्धि” भन्दै गरिएको प्रचारले कतै अतिरञ्जना गर्दै प्रधानमन्त्रीलाई भगवान सरह देखाउने प्रयास त गरिएन? भन्ने सुदन किरातीको गम्भीर आशंका सहित अाफ्नाे फेसबुकमा पाेष्ट गरेका छन ।
लिपुलेकको विषयमा सरकार स्पष्ट छैन?

प्रधानमन्त्रीको भ्रमणसँगै लिपुलेकको विषयलाई लिएर गरिएको दाबीहरूलाई लिएर किराती प्रश्न गर्छन् —
“यदि प्रचार गरेजस्तै चीनसँग ठोस सहमति भएको हो भने, चीनले भारतसँग गरेको समझदारीलाई फिर्ता लिन्छ त? वा त्यो केवल कूटनीतिक बयानको आवरणमात्र थियो?”
उनको भनाइमा, लिपुलेकजस्तो संवेदनशील भौगोलिक विषयलाई लिएर गरिएका दाबीहरूको कूटनीतिक धरातल कति बलियो हो भन्ने खुलाउन अब सरकार बाध्य छ।

‘राष्ट्रियता’ को नारा : कागजमा मात्र?
किरातीले प्रधानमन्त्रीको राष्ट्रियता सम्बन्धी भनाइको पनि परीक्षण आवश्यक रहेको बताउँछन्। उनका अनुसार,
“तपाईं साँच्चिकै राष्ट्रियताका लागि इमान्दार हुनुहुन्छ भने, चुच्चे नक्सा राखिएको पाठ्यपुस्तक छाप्दा छाप्दै हराएको थियो, त्यसलाई किन अझै विद्यालयको पाठ्यक्रममा समावेश गर्न सकिएको छैन?”
उनको आरोप छ — राष्ट्रियता भन्ने मुद्दा व्यवहारभन्दा प्रचारमा सीमित हुँदै गएको छ।
जी.एस.आई. प्रकरण : संविधानको उल्लंघन?
हालै चिनियाँ विदेश मन्त्रालयबाट आएको एउटा भनाइमा नेपालले सैन्य गठबन्धन ‘जी.एस.आई’ (Global Security Initiative) मा समर्थन जनाएको उल्लेख गरिएको छ। किरातीको प्रश्न छ —

सैन्य गठबन्धन जि.एस.आई. लाई समर्थन गरेको कुरा चिनियाँ सरकारले भन्यो के साँच्चै तपाई संविधानको विरुद्ध जानु भएको हो ? प्रष्ट्याउनु पऱ्यो ।? यस विषयमा सरकार किन मौन छ?”
उनको भनाइमा, यस्तो संवेदनशील सुरक्षा नीति तथा कूटनीतिक विषयमा स्पष्टता जरुरी छ।
समाप्ति टिप्पणी
सुदन किरातीले आफ्नो विश्लेषणमा निष्कर्ष सः —"कूटनीति कुनै भावनाको विषय होइन, यो धैर्य, दूरदृष्टि र पारदर्शितामा आधारित हुनुपर्छ। अहिलेको अवस्थाले कतै हामी घाँटीमा हड्डी अड्किएको स्थितिमा त पुगेका छैनौं?"
आगामी दिनले यी प्रश्नको उत्तर दिनेछ, तर हाललाई प्रधानमन्त्री र सरकारको उत्तरदायित्व भने झनै स्पष्ट, जवाफदेही र पारदर्शी बन्नुपर्ने समय आएको छ।
