c१९ भद्र २०८२ – अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा छाउगोठ भत्काउने क्रममा सात वटा गोठभित्र सर्प फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार करिब १ सयभन्दा बढी छाउगोठ भत्काउँदा ७ वटा गोठबाट सर्प निस्किएको देखिएको हो। यससँगै “गोठ भत्काएर केही फाइदा हुँदैन” भन्ने धारणा राख्नेहरूलाई स्थानीय अभियानकर्ताले जवाफ दिएका छन्।उनीहरूको भनाइमा, गोठ भत्काउँदा मात्र हैन, महिलामाथि थोपारिएको पुरानो अन्धविश्वास अर्थात् “मनको छाउगोठ” पनि भत्काउन जरुरी छ।
स्थानीय सामाजिक अभियन्ताहरू भन्छन् — “गोठ भत्काउँदा सर्प, बिच्छी जस्ता प्राणघातक खतरा हट्छ। तर वास्तविक परिवर्तन तब मात्र हुन्छ जब छाउपडीलाई पाप, अपमान वा अशुद्धि ठान्ने मानसिकता भत्काइन्छ।


स्मरण रहोस्, छाउपडी प्रथा उच्च जोखिमपूर्ण मात्र नभई महिलाको स्वास्थ्य, शिक्षा र जीवन सुरक्षामाथि प्रत्यक्ष आक्रमण गर्ने कुप्रथा मानिन्छ। सरकारले छाउगोठ निर्माणलाई गैरकानुनी घोषित गरेको भए पनि अझै गाउँघरमा यसको अभ्यास जारी छ।-
