कैलाली १९ भाद्र २०८२ । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीबीच निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।
रक्त सञ्चार केन्द्र धनगढीमार्फत नगरवासीलाई आवश्यक रगत निःशुल्क उपलब्ध गराउने सहमति स्वरूप आज सम्झौता पत्रमा हस्ताक्षर तथा आदानप्रदान गरिएको हो।
सम्झौताअनुसार नगरपालिकाले रक्त सञ्चार केन्द्रलाई एकमुष्ट भुक्तानी गर्ने र सो सुविधाबाट घोडाघोडी नगरवासी प्रत्यक्ष लाभान्वित हुनेछन्।यस कदमले आपतकालीन अवस्थामा रगत अभावका कारण उपचारमा समस्या भोग्नुपर्ने अवस्थालाई अन्त्य गर्ने अपेक्षा गरिएको छ।
