भैरहवामा ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन

भैरहवा, कार्तिक १३, २०८२ —नेपाल विद्युत प्राधिकरण भैरहवा कार्यालय अगाडि आयोजित विरोध प्रदर्शनका क्रममा ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष कमल गौतमको आकस्मिक निधन भएको छ।

उद्योगहरूको बत्तीको लाइन काटिएको विषयमा विरोधस्वरूप आयोजना गरिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दैगर्दा गौतम अचानक बेहोस भएर ढलेका थिए।

उहाँलाई तत्कालै अस्पताल लगिएको थियो तर उपचारको क्रममा निधन भएको जनाइएको छ।घटनाले सम्पूर्ण श्रमिक आन्दोलन र ट्रेड युनियन परिवारलाई स्तब्ध बनाएको छ।

गौतमको निधनप्रति सहकर्मी, समर्थक तथा विभिन्न संघ–संस्थाले गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।हार्दिक श्रद्धाञ्जली 🙏#janahitkhabartv

