सञ्चारमन्त्री खरेलद्वारा अनलाइन टिभीलाई नयाँ मूलधार मिडियाको रूपमा स्थापित गर्ने प्रतिबद्धता

काठमाडौं, १२ कात्तिक — सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अनलाइन टिभीलाई नेपालको नयाँ मूलधार मिडियाको रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
बुधबार मन्त्रालयमा अनलाइन टिभी पत्रकारहरूसँग भएको छलफलमा मन्त्री खरेलले अनलाइन टिभी सूचनाको मुख्य माध्यमका रूपमा विकसित हुँदै गएको बताउँदै, सरकारले यसलाई जिम्मेवार, व्यवस्थित र सशक्त बनाउन ठोस पहल सुरु गरेको जानकारी दिनुभयो।

मन्त्री खरेलका अनुसार अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रिया सूचना विभागमार्फत हुने व्यवस्था मिलाइएको छ।
उहाँले भन्नुभयो,> “अनलाइन टिभीहरू जनताको आवाज बोल्ने मुख्य प्लेटफर्म बनेका छन्।
त्यसलाई नियमनसंगै सशक्तिकरण गर्न सरकार प्रतिवद्ध छ।”उहाँले थप गर्नुभयो कि सम्बन्धित नियमावली मन्त्रिपरिषद्मा पेस भइसकेको छ र राजपत्रमा प्रकाशित भएपछि अनलाइन मिडियाको दर्ता तथा नवीकरण औपचारिक रूपमा सुरु हुनेछ। छलफलका क्रममा अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले अनलाइन टिभी क्षेत्रलाई व्यवस्थित गर्न सूचीकरण, पत्रकार प्रशिक्षण, बीमा र प्रोत्साहनका कार्यक्रम ल्याउन आग्रह गर्नुभयो।

साथै, उहाँले डिजिटल साक्षरता राष्ट्रिय अभियान घोषणा गरेर सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग गर्नुभयो।भण्डारीले भन्नुभयो,
> “अनलाइन टिभी अब केवल मनोरञ्जन होइन, जनचेतना र सूचना प्रसारको नयाँ शक्ति बनेका छन्।

त्यसैले नीति र संरचनाबाट यस क्षेत्रलाई सम्बोधन गर्न जरुरी छ। ”मन्त्री खरेलले अध्यक्ष भण्डारीका सुझावमध्ये केही बुँदाहरू तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै नयाँ पुस्ताको सञ्चार शक्तिलाई राज्यको सञ्चार नीतिमा
सञ्चारमन्त्री खरेलद्वारा अनलाइन टिभीलाई नयाँ मूलधार मिडियाको रूपमा स्थापित गर्ने प्रतिबद्धता

