धनगढी / असोज १०, २०८२ कैलालीको जोशीपुर गाउँपालिका–३ मा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ३५ वर्षीया सुनितादेवी कठरियाले आफ्ना ५० वर्षीय श्रीमान लखनलाल कठरियाको हत्या गरेकी हुन्। प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले प्रारम्भिक अनुसन्धानबाट घरायसी विवादका क्रममा हथौडाले प्रहार गरी हत्या गरिएको खुलासा गरेका छन्।

डीएसपी सिंहका अनुसार प्रहारबाट गम्भीर घाइते भएका लखनलाललाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो।
तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।घटनापछि प्रहरीले आरोपी सुनितादेवी कठरियालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
