काठमाडौं- २०८२ कार्तिक-९
दलित अधिकारकर्मी खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने पक्का भएको छ। अन्तरिम सरकार को बैठक अनुसार उनलाई मन्त्री बनाउने तयारी गरेको हो। सबै मन्त्री को सहमतिअनुसार उनको नाम मन्त्रीको रूपमा टुंगो लागेको हो।
सुनार लामो समयदेखि दलित समुदायको अधिकार, समानता र सामाजिक न्यायका विषयमा सक्रिय रहँदै आएका छन्। उनले सामाजिक क्षेत्रमा गरेका ठूलो योगदानका कारण सरकारको तर्फबाट मन्त्री पदका लागि सिफारिस गरिएको स्रोतले जनाएको छ।
सुनार लाई आज नैं मन्त्री पदको सपथ ग्रहण गराउने तयारी भयको, छ। उनले मन्त्रीको रूपमा श्रमिक अधिकार, वैदेशिक रोजगारमा सुधार र सामाजिक सुरक्षा विस्तारलाई प्राथमिकता दिने छन भन्ने सबै को आशा छ। मन्त्री बनेर पनि जनताको पक्षमा काम गर्ने मेरो प्रतिबद्धता कायम रहनेछ,” उनले भनेका छन्।
यससँगै मन्त्रिपरिषद् पुनर्गठनमा अन्य केही नयाँ अनुहारहरू पनि प्रवेश गर्ने सम्भावना रहेको स्रोत काे भनाई छ।
