कैलाली, नेपाल – गोदावरी नगरपालिकाको भाइटिकाको अवसरमा नि:शुल्क बस सेवा

कैलालीको गोदावरी नगरपालिकाले भाइटिकाको दिन (कार्तिक ६ गते) यात्रुहरूको सुविधाका लागि नि:शुल्क बस सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। यस सेवामा नवजीवन अस्पताल, धनगढीको सहयोग रहनेछ।

नि:शुल्क बस सेवा हुने रुटहरू:1.
अत्तरिया – धनगढी2. अत्तरिया – चौमाला बजार3. अत्तरिया – ओलानी (गौडी)बस छुट्ने समय:
1. अत्तरिया – धनगढी:बिहान ९:०० बजेबिहान १०:३० बजेबिहान ११:३० बजेदिउँसो १२:३० बजेदिउँसो १:०० बजे2. अत्तरिया – चौमाला बजार:बिहान ९:०० बजेबिहान १०:३० बजेबिहान ११:४५ बजेदिउँसो १:०० बजे 3. अत्तरिया – ओलानी (गौडी):बिहान ९:०० बजेबिहान ११:४५ बजेदिउँसो १:०० बजे

गोदावरी नगरप्रमुख वीरेन्द्र भट्टका अनुसार, भाइटिकाको दिन दिदीबहिनी तथा दाजुभाइबीचको भेटघाट र आवागमन सहज होस् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो।
