बिधुत प्राधिकरणको लापरबाहीले १३ वर्षीय बालकको करेन्ट लागेर मृत्यु
बझाङ, मष्टा गाउँपालिका — बझाङको मष्टा गाउँपालिका–५, किनाडास्थित जंगलमा गोरु चराउन गएका १३ वर्षीय सुरेश आग्रीको करेन्ट लागेर मृत्यु भएको छ। विद्युत प्राधिकरणको लापरबाहीका कारण घटना भएको स्थानीयले बताएका छन्।



जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, राति चलेको हावाहुरीका कारण राष्ट्रिय प्रसारण लाइनको तार चुडिएर जमिनमा लत्रिएको थियो। बालक सुरेश सोही करेन्ट प्रवाहित तारमा छोइएपछि घटनास्थलमै ज्यान गुमाएका हुन्।

प्रहरीका अनुसार घटनास्थलमा तत्कालै प्रहरी टोली खटिएको थियो र हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।
स्थानीयवासीले विद्युत प्राधिकरणको गम्भीर लापरबाहीका कारण ज्यान गएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।

