रविन्द्र राज गौतम १० असाेज २०८२ काठमाडौं ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर हालैको जनजी आन्दोलनसँग सम्बन्धित विषयहरूबारे स्पष्ट मागहरू अघि सारेका छन्।

janahitkhabartv.
करिब ३० मिनेट लामो भेटमा मेयर शाहले आन्दोलनका मागहरू ढिलाइ नगरी सम्बोधन गर्नुपर्ने, भदौ २३–२४ गते आन्दोलनका क्रममा प्रहरीद्वारा भएको गोली प्रहारबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, र नयाँ पुस्ताको प्रतिनिधित्व मन्त्रिपरिषद्मा सुनिश्चित गर्नुपर्ने तीन मुख्य सरोकार प्रधानमन्त्रीसमक्ष राखेका थिए।

प्रधानमन्त्री कार्कीले शाहले प्रस्तुत गरेका विषयहरूलाई ध्यानपूर्वक सुनेकी थिइन्। उनले संविधान र कानुनको मर्यादाभित्र रही जनताको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै आगामी दिनमा सुशासन र जवाफदेहितालाई प्राथमिकतामा राखिने बताइन्।
-
घोडाघोडीमा क्रिकेट प्रतियोगिता २०८२ सञ्चालन

लागू पदार्थ होइन, क्रिकेट रोजौँ भन्ने नारासहित ‘प्रथम क्रिकेट प्रतियोगिता कप २०८२’ आयोजना हुँदै घोडाघोडी २१ पुष (कैलाली) — घोडाघोडी नगरपालिकामा क्रिकेट खेल क्षेत्रको विकास गर्ने उद्देश्यका साथ बडीमालिका युथ क्लब ले “लागू पदार्थ होइन, क्रिकेट रोजौँ– प्रतिभा फुलाऔँ, भविष्य सजाऔँ” भन्ने मूल नारासहित प्रथम बडीमालिका कप २०८२ नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।…

विज्ञापनकाे लागी
-
जोशीपुर जेसीजको अध्यक्षमा जीवन डंगौरा निर्वाचित

जोशीपुर जेसीजको अध्यक्षमा जीवन डंगौरा निर्वाचित जोशीपुर, १८ पुस // जोशीपुर जेसीजको १२औँ शाखा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट जीवन डंगौरा अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ। नव निर्वाचित कार्यकारिणी समितिको कार्यकारिणी उपाध्यक्षमा खेमराज जोशी र रेणु कुमारी डंगौरा, उपाध्यक्षमा लक्ष्मण कुमार वि.क. र साधना कुश्मी निर्वाचित भएका छन्। त्यसैगरी महासचिवमा सन्तोष वि.क., कोषाध्यक्षमा सुशिल…

विज्ञापनकाे लागी
-
सुदुपश्चिम महाेत्सवकाे समापन संगै धन्यबाद दिए संयाेजक अाेझाले

धनगढी,६ पुष २०८२ गते । सुदुरपश्चिम महाेत्सव २०८२ मंसिर २२ देखी पुस ६ गते सम्म भव्यवताका साथ संचलनमा आएर समापन भएकाे छ । यस महाेत्सवले सुदुरपश्चिमका व्यापार व्यवसायी र कलासंस्कृती, मनाेरंजन तथा राेजगारकाे अवसर सृजना गरेकाे छ । र यस्ता महाेत्सब तथा मेला पर्व आगामी दिनमा हुन पनि जरूरी देखिन्छ । यस महाेत्सव संयाेजक पुष्पराज…

विज्ञापनकाे लागी
यो भेटलाई राजनीतिक विश्लेषकहरूले आन्दोलनलाई शान्तिपूर्ण निकास दिने र सरकार तथा स्थानीय तहबीच सहकार्य मजबुत बनाउन सक्ने सकारात्मक संकेतका रूपमा लिएका छन्।
