कैलालीका एक वृद्ध मुग्लिङ नजिकै हराए, परिवारको सहयोगको अपील
कैलाली, मोहन्याल —
कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३, बुडिआमका ४५ वर्षीय काशीराम कुँवर हालसम्म सम्पर्कविहीन भएका छन्। चकबहादुर कुँवरका पिताजी तथा लालीगुँरास आधारभूत विद्यालयका कार्यालय सहयोगी हुन्।

परिवारका अनुसार, उहाँ जेठा छोरालाई दक्षिण कोरिया बिदाइ गरी २०८२ साल असाेज ७ गते काठमाडौंबाट कैलाली फर्किंदै हुनुहुन्थ्यो। उहाँ चढेको बस मनकामना केबुलकार र मुग्लिङको बीचमा राति करिब १:०० बजे सडक अवरुद्ध भई रोकिएको थियो।

त्यही बेला पिसाब फेर्न वा अन्य आवश्यकताका लागि बसबाट झर्नुभएका काशीराम कुँवर त्यसपछि बसमा फर्कनु भएन र हालसम्म सम्पर्कमा आउनुभएको छैन।
परिवारले उहाँ हराएको थाहा पाएपछि खोजी कार्य शुरू गरिसकेको छ। तर हालसम्म कुनै ठोस सुराकी भेटिएको छैन।
यदि उहाँलाई कसैले देख्नुभएको छ वा कुनै जानकारी प्राप्त भएको छ भने निम्न नम्बरहरूमा सम्पर्क गरी जानकारी दिन परिवारजनले आग्रह गरेका छन्ः
📞 9848402166
📞 9848207983 (उहाँका कान्छा छोरा)
काशीराम कुँवरको स्थायी ठेगाना मोहन्याल गाउँपालिका–३, बुडिआम, कैलाली हो।

परिवारले सम्बन्धित निकाय तथा सर्वसाधारणलाई सूचना साझा गरी सहयोग गर्न अपील गरेका छन्।
“एउटा सानो प्रयासले हराएको मान्छेलाई परिवारको काखमा फर्काउन सकिन्छ,” – परिवारको भावुक आग्रह छ।



