इजरायल र हमासबीच जारी युद्धका क्रममा हमासको कब्जामा परेका नेपाली नागरिक विपिन जोशीको उद्धारका लागि उनको आमा र बहिनी अमेरिका प्रस्थान गरेका छन्।

कञ्चनपुर घर भएका जोशी कृषी अध्ययन का लागी इजरायल गएका थिए। दुई देश बीच युद्द हुँदा धेरै नेपाली ले ज्यान गुमाएका थिए भने बिपिन जोसी चाहिँ लडाकू समूहको नियन्त्रणमा परेका थिए। लामो समयदेखि परिवारले उनको अवस्थाबारे चिन्ता व्यक्त गर्दै आएका छन्।

हालसम्म जोशीको अवस्थाबारे ठ्याक्कै जानकारी सार्वजनिक भएको छैन। तर पनि बिपिन जीवितै छन भन्ने आशङ्का गर्न सकिन्छ ।जोशीको रिहाइका लागि कूटनीतिक प्रयासलाई सघाउन र अमेरिकी अधिकारीहरूसँग प्रत्यक्ष भेटघाट गर्न उनकी आमा र बहिनी अमेरिका पुगेका हुन्। उनीहरूले अमेरिकी सरकारसँग सहयोगका लागि आग्रह गर्ने र मानवीय आधारमा जोशीको छिट्टै रिहाइका लागि पहल बढाउने बताइएको छ।

नेपाल सरकारले पनि जोशीको सुरक्षित उद्धारका लागि निरन्तर प्रयास गरिरहेको छ। इजरायल–हमास युद्ध सुरु भएको लामो समय बितिसक्दा पनि अझै केही विदेशी नागरिकहरू हमासको नियन्त्रणमा रहेका जसमा बिपिन पनि एक हुन्।
