काठमाडौं असोज ५, गते २०८२


काठमाण्डु महानगरपालिका ले दुर्गम क्षेत्रमा रहेका ३५ वटा गाउँपालिकामा एम्बुलेन्स उपलब्ध गराउने निर्णय भएको छ। मेयर शाह ले स्वास्थ्य उपचारमा समस्या भोगिरहेका ग्रामीण बासिन्दालाई सहज पहुँच दिलाउनका लागि यो कदम चालिएको जानकारी दिएका छन्।
गाउँ-गाउँमा आकस्मिक स्वास्थ्य उपचारका लागि एम्बुलेन्सको अभावका कारण बिरामीलाई समयमै अस्पताल पुर्याउन कठिनाइ भइरहेको थियो। सो समस्या समाधानका लागि प्रत्येक गाउँपालिकामा एउटा एम्बुलेन्स उपलब्ध गराइनेछ निर्णय भएको छ।
यस निर्णयले दुर्गम बस्तीमा बसोबास गर्ने सर्वसाधारणलाई स्वास्थ्य सेवामा सहजता पुर्याउने विश्वास लिइएको छ। स्थानीयवासीले मेयरको यो पहललाई स्वागत गरेका छन्।
