स्थलगत रिपोर्टर: प्रेम पुन मगर, टिकापुर ३ असोज २०८२
कैलालीको टिकापुर नगरपालिकामा एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। शुक्रबार बिहान टिकापुर नगरपालिका–२ स्थित कर्णाली नदी नजिकै रहेको मूलपानीको भ्युटावरमा अन्दाजी ४५ वर्षीय सिकारु चौधरी मृत भेटिएका हुन्।

चौधरी सोही नगरपालिका–२ अन्तर्गत विजयनगर शिविरमा बसोबास गर्दै आएका थिए। स्थानीय बासिन्दाहरू नुहाउन गएका बेला बिहान करिब ११ बजेको समयमा भ्युटावरमा शव देखिएको जानकारी दिँदै प्रहरीलाई खबर गरेका थिए।

प्राप्त जानकारी अनुसार, मृतक झुण्डिएको अवस्थामा भेटिएको हुँदा प्रारम्भिक रूपमा आत्महत्याको आशंका गरिएको छ। यद्यपि, घटनाको वास्तविकता पत्ता लगाउन इलाका प्रहरी कार्यालय टिकापुरले अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएका छन्।

मृतकको परिचय खुलेसँगै परिवार र आफन्तजनलाई जानकारी दिइएको छ भने शवलाई परीक्षणको लागि आवश्यक प्रक्रिया पूरा गरिँदै छ। घटनास्थलमा प्रहरीको टोली पुगेर प्रमाण सङ्कलन गरेको र स्थानीय प्रत्यक्षदर्शीहरूसँग पनि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। यस घटनाले स्थानीय समुदायमा स्तब्धता छाएको छ।
( स्थलगत रिपोर्टर प्रेम पुन मगर, टिकापुर)

