समाचार लेखक ः रविनद्र राज गाैतम
धरान २ असाेज २०८२ ः धरानका मेयर हर्क साम्पाङ र काठमाडौँका मेयर बालेन शाह हाल नेपालका सबैभन्दा चर्चित स्थानीय नेतृत्वकारूपमा चिनिएका हुन्। हर्क साम्पाङ श्रमदान र प्रत्यक्ष जनसहभागितामार्फत धरानलाई अगाडि बढाउन लागिपरेका छन् भने, बालेन शाह कानुनी प्रक्रिया, दीगो विकास र व्यवस्थापनमा जोड दिँदै काठमाडौँलाई नयाँ पहिचान दिन चाहन्छन्।

बाहिर हेर्दा दुवै नेताको शैली र अभिव्यक्ति फरक देखिन्छ। कहिले–काहीं उनीहरुबीच आलोचना, असहमति र विवादका खबर बाहिरिन्छन्। तर, जनताको लागि काम गर्ने भित्रि लक्ष्य भने एउटै छ भन्ने कुरा सबैलाई स्पष्ट हुन्छ।

👉 भ्रष्टाचारविरुद्ध कडा रुखझैँ उभिनु
👉 युवापुस्ताको सपना बोकेर अघि बढ्नु
👉 आधारभूत आवश्यकता पूरा गर्नेमा ध्यान दिनु
👉 आधुनिक, पारदर्शी र न्यायपूर्ण समाज बनाउनु
यी नै साझा अठोट हुन् जसले हर्क साम्पाङ र बालेन शाहलाई जोडेको छ।
नेपालका नागरिकले दुवै नेतामा “फरक शैली तर एउटै मन” देखेका छन्।

समाचार लेखक ः रविनद्र राज गाैतम
