काठमाडौँ ३१भाद्र२०८२
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् सानो र प्रभावकारी बनाउन विशेष निर्णय गर्नुभएको छ । उहाँले मन्त्रीहरूको संख्या अधिकतम ११ भन्दा बढी नहुने गरी मन्त्रिपरिषद् गठन गर्ने नीति सार्वजनिक गर्नुभएको हो।
प्रधानमन्त्री कार्कीले अहिलेको संवेदनशील परिस्थितिमा ठूलो संख्यामा मन्त्री राख्नु आवश्यक नभएको बताउँदै सानो संख्यामा दक्ष, इमानदार र जिम्मेवार व्यक्तिहरूलाई मात्र जिम्मेवारी दिने स्पष्ट पार्नुभएको छ।
सरकारको खर्च कटौती, निर्णय प्रक्रियामा सहजता ल्याउने र जनताप्रति जवाफदेही सरकार बनाउन यो कदम चालिएको उहाँको भनाइ छ। यसअघि विभिन्न सरकारहरूले ठूलो संख्यामा मन्त्री राख्ने परम्परा बनाइरहेकामा कार्कीले त्यसलाई तोड्दै नयाँ अभ्यास गर्ने प्रयास गर्नुभएको हो।राजनीतिक विश्लेषकहरूले यो कदमलाई “जनतामुखी र व्यावहारिक निर्णय” भन्दै स्वागत गरेका छन्।
