–प्रधानमन्त्री सुशीला कार्कीका पाँच महत्त्वपूर्ण निर्णय सार्वजनिक
काठमाडौं २९ भाद्र २०८२ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले देशभरि चलिरहेको Gen-Z आन्दोलनका क्रममा भएको जनहानिप्रति संवेदना व्यक्त गर्दै पाँचवटा महत्त्वपूर्ण निर्णय घोषणा गर्नुभएको छ।
प्रधानमन्त्री कार्यालयद्वारा जारी निर्णय अनुसार—🔹 आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकलाई शहीदको सम्मान दिइनेछ।🔹 मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइनेछ।🔹 आन्दोलनमा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्नेछ।🔹 शव लैजाने तथा अन्त्येष्टिको सम्पूर्ण खर्च सरकारले गर्नेछ।🔹 आन्दोलनमा गम्भीर घाइते भई अपाङ्गता भोग्नुपरेका व्यक्तिहरूलाई जीवनभर सुविधा र सहयोग प्रदान गरिनेछ।
प्रधानमन्त्री कार्कीले यी निर्णयमार्फत आन्दोलनमा संलग्न परिवारहरूको पीडा कम गर्ने प्रयास गरिएको बताउनुभएको छ। उहाँले न्यायपूर्ण समाधान र संवादमार्फत मुलुकमा स्थायित्व ल्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
