राष्ट्रपतिबाट अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त.

काठमाडौं, भदौ २७ । राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले मुलुकमा उत्पन्न विषम तथा असाधारण परिस्थितिलाई सम्बोधन गर्दै मोरङकी सुशिला कार्कीलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ।

युवा पुस्ताद्वारा प्रकट गरिएका आकांक्षा र राजनीतिक दल तथा सरोकारवालासँग परामर्शका आधारमा राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम राष्ट्रपतिलाई प्राप्त संवैधानिक अधिकार प्रयोग गरी अन्तरिम सरकार गठन गर्नुभएको हो।
संविधानको प्रावधान अनुसार अन्तरिम सरकारको जिम्मेवारी लिएकी कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन सम्पन्न गर्ने लक्ष्य लिएको छ।

शुक्रबार राष्ट्रपति भवन महाराजगञ्जमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री कार्कीले संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
