काठमाडौँ, ३१ भदौ — राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ ३१ गते मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।

राष्ट्रपति कार्यालयले अधिवेशन अन्त्यसम्बन्धी औपचारिक जानकारी संसद् सचिवालयलाई दिएको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रपतिबाट अधिवेशन अन्त्यको सूचना प्राप्त भएको पुष्टि गरे।
यसअघि मन्त्रिपरिषद्ले अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपतिसमक्ष पेस गरेको थियो। सोही सिफारिसको आधारमा अधिवेशन अन्त्य गरिएको हो।

राष्ट्रिय सभाको यो अधिवेशन संसद्ीय कार्यसूचीअनुसार सञ्चालन भएको हो भने अब अर्को अधिवेशन कहिले बोलाइने भन्ने निर्णय सरकारले परिस्थिति हेरेर गर्नेछ।
