काठमाडौं २७ भाद्र २०८२ कसैले नचिताएको बखत राजधानीजस्तो महानगरको मेयर बनेका बालेन शाह आज राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रियस्तरमै चर्चित भएका छन्।
चुनाव जितेपछि उनले देखाएको नेतृत्वशैली र निर्णय क्षमताले नेपाली राजनीतिमा ठूलो भुईँचालो ल्याएको छ।बेलगाम रूपमा काम गर्ने, जटिल र चुनौतीपूर्ण घडीमा पनि ठाडो निर्णय लिने बालेनले केही विवाद खेप्दा–खेप्दै देश–विदेशका लाखौं मानिसको मन जितेका छन्।
दुई तिहाई बहुमतको शक्तिशाली प्रधानमन्त्रीलाई समेत प्रत्यक्ष टक्कर दिँदै आएका उनले तमाम राजनीतिक घेराबन्दीलाई निरन्तर चिर्दै अघि बढिरहेका छन्। विद्रोही जेन जेनरेशनलाई खुलेर समर्थन गरेका बालेनले प्रधानमन्त्री पद किस्तीमा आइपुग्दा समेत सरक्क पन्छाएर अर्का बुजुर्गलाई सिफारिस गरेका छन्।
साथै, संसद् भंग भएपछि मात्र नयाँ सरकार गठन हुने आफ्नो स्पष्ट अडान राख्दै उनले सम्पूर्ण घटनाक्रमलाई आफ्नै रोडम्यापअनुसार अघि बढाइरहेका छन्।फिलहाल मुलुकमा भइरहेको गतिविधि साधारण परिवर्तन नभई चमत्कार नै भएको टिप्पणी गरिँदै आएको छ।
यसै विषयमा काली बहुमुखी क्याम्पसका प्राध्यापक सीताराम भट्टले आफ्नो धारणा व्यक्त गर्दै भनेका छन्, “यो मान्छेले कस्तो इन्जिनियरिङ् पढेछ ? पब्लिकमा खासै नखुल्ने यो मान्छे के तन्तुले बनेको छ ? मान्नुस्–नमान्नुस्, यो मान्छे रहस्यमय मात्र होइन, चामत्कारिक पनि छ।
