नेपालका विभिन्न सरकारी कार्यालयमा आगजनी, अरबौंको क्षति
घोडाघोडी २०८२ भाद्र २४ गते जेन जि समूहले संघको सिंहदरबार, सर्वोच्च अदालतलगायत नेपालभरिका विभिन्न प्रदेशका कार्यालयहरु, नगरपालिका र वडा कार्यालयमा आगो लगाएर तोडफोड गरेको छन।
यस घटनामा सरकारी भवनहरू पूर्णरूपमा ध्वस्त भएका छन् र अरबौं रुपैयाँको क्षति भएको अनुमान गरिएको छ।घटनापछि राजनीतिकर्मी, समाजसेवी र बुद्धिजीवीहरूमा त्रास फैलिएको छ भने समाज दुई भागमा विभाजित भएको छ।
केहीले यसलाई सरकारविरुद्धको उचित दबाबको स्वरुप भनेका छन् भने अरूले यसले राज्यलाई दीर्घकालीन क्षति पुर्याउने चेतावनी दिएका छन्।
विशेषज्ञहरूका अनुसार सरकारी संरचना नष्ट हुनुले देश केही वर्षपछि मात्र उकासिन सक्ने अवस्था आउने सम्भावना रहेको छ।
