काठमाडौं, २३ भाद्र२०८२ सोमबार – राजधानी सिंहदरबार अगाडि भएको जेन जेट आन्दोलन हिंसात्मक बनेपछि करिब २ दर्जन आन्दोलनकारीको मृत्यु भएको छ भने १४५ भन्दा बढी घाइते भएका छन्। आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा अश्रुग्यास, पानीको फोहरा र लाठीचार्ज भएको थियो भने आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका थिए।

आन्दोलन भ्रष्टाचारविरुद्धको असन्तुष्टि र २६ सामाजिक सञ्जाल बन्दको विरोधमा गरिएको हो।सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार खर्च दिने घोषणा गरेको छ।जेन जेट ग्रुपले आन्दोलनमा राज्यले दमनकारी शैली अपनाएको आरोप लगाएको छ। सिंहदरबार आसपास र उपत्यकाभर सुरक्षा कडा बनाइएको छ। विश्लेषकहरूले समस्या समाधानका लागि वार्ता आवश्यक रहेको बताएका छन्।

जेन जेट ग्रुपका संयोजकले भने सरकारले दमनकारी शैली अपनाएको आरोप लगाए। “हामीले शान्तिपूर्ण प्रदर्शन सुरु गरेका थियौं। तर सरकारले बल प्रयोग गरेर आन्दोलनलाई हिंसात्मक बनायो। यसको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्छ,” उनले बताए।

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै आन्दोलनलाई हिंसात्मक बनाएकोमा दु:ख प्रकट गरेको छ। “शान्तिपूर्ण प्रदर्शनको अधिकार संविधानले सुनिश्चित गरेको भए पनि सार्वजनिक सम्पत्ति नष्ट गर्ने, हिंसा भड्काउने गतिविधि स्वीकार्य छैन,” विज्ञप्तिमा भनिएको छ।
