कैलाली, २०८२ भदौ २३
कैलालीको भजनी–जोशीपुरमा रहेको मलवारा डल्फिन मिडिया मञ्चको प्रथम अधिवेशन २०८२ शनिबार सम्पन्न भएको छ।
कार्यक्रमका सभापति सुधराम रहनु भएको उक्त अधिवेशनमा प्रमुख अतिथि जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरी रहनुभएको थियो। त्यस्तै विशिष्ट अतिथि भजनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा प्रवक्ता विक्रम चौधरी, पत्रकार महासंघ कैलालीका जिल्ला अध्यक्ष सर्वण देउवा लगायतको उपस्थिति रहेको थियो।
अधिवेशनकै अवसरमा वरिष्ठ पत्रकार जयबहादुर बुढा, लिलाराज शाही र भोजराज ढुंगानालाई सम्मान गरिएको थियो। लामो समयदेखि पत्रकारितामा योगदान पुर्याउँदै आएका उनीहरूले आफ्नो अनुभव सुनाउँदै भावी पुस्तालाई उत्साह दिनुभएको थियो।
कार्यक्रममा पत्रकार महासंघका सदस्यहरू तथा स्थानीय सरोकारवालाको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
