गौरिफन्टाबाट पलिया जाँदै गरेको बस दुर्घटना, एक नेपालीको मृत्यु, धेरै घाइते
कैलाली २२ भाद्र २००८२ गौरिफन्टाबाट पलिया तर्फ जाँदै गरेको यात्रुवाहक बस बाटोमै पल्टिँदा एक नेपालीको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्। मृतकको पहिचान अहिलेसम्म खुल्न सकेको छैन।


दुर्घटनामा घाइते भएका यात्रुलाई तत्काल उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ। घाइतेहरुको अवस्थाबारे विस्तृत विवरण आइसकेको छैन।

दुर्घटनाको कारण खुलेको छैन भने थप विवरणको प्रतीक्षा गरिएको स्थानीय प्रहरीले जनाएको छ।
