मोहन्याल १९ भाद्र २०८२ , कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ स्थित श्री शान्ति माध्यमिक विद्यालय, फलेबिसौना मा नयाँ प्रधानाध्यापक (प्र.अ.) र सहायक प्रधानाध्यापक (सहायक प्र.अ.) नियुक्त भएका छन्।

विद्यालयको नेतृत्वका लागि मान बहादुर बुढालाई प्रधानाध्यापक तथा गोपाल केसीलाई सहायक प्रधानाध्यापकको जिम्मेवारी दिइएको हो।

लामो समयदेखि शिक्षण पेशामा सक्रिय रहँदै आएका दुबै जनालाई अनुभव, निष्ठा र कार्यक्षमताका आधारमा यो जिम्मेवारी दिइएको विद्यालय स्रोतले जनाएको छ।स्थानीय अभिभावक, विद्यार्थी तथा समुदायले नयाँ नेतृत्वले विद्यालयलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।

