अभियन्ता सुनारद्वारा रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधको विरोधमा हस्ताक्षर
काठमाडौं, भदौ १९ विहिबार २०८२ – समाजिक अभियन्ता तथा मानवअधिकारकर्मी खगेन्द्र सुनारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेमाथि भइरहेका राजनीतिक प्रतिशोधपूर्ण गतिविधिको घोर भर्त्सना गर्दै त्यसको विरोधमा चलाइएको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन्।


“सत्ताको आडमा फरक धारणा बोकेकाहरूलाई निष्क्रिय पार्ने प्रवृत्ति खतरनाक दिशातर्फ गइरहेको छ अभियन्ता सुनारले बताएका छन । रवि लामिछानेमाथिको पछिल्लो घटनाक्रमले राज्य संयन्त्र प्रयोग गरेर एक स्वतन्त्र आवाज दबाउने प्रयास देखिन्छ। यसको प्रतिकार गर्नु हामी सबैको दायित्व हो।”

हस्ताक्षर अभियानमा मुलुकभरबाट नागरिक, बुद्धिजीवी, अभियन्ता, र पत्रकारहरू सहभागी भइरहेका छन्। उनीहरूले लामिछानेमाथि भइरहेको अनुसन्धान वा कारबाहीहरू पूर्वाग्रही र लक्षित रूपमा गरिँदै आएको दाबी गरेका छन्।
सुनारले थपे, “न्यायिक प्रक्रिया सबैका लागि समान होस्, तर यसको आडमा राजनीतिक असहमतिहरूको शिकार बनाउने परिपाटी स्वीकार्य छैन। सत्य र न्यायका पक्षमा जनदबाब आवश्यक छ।”
यस हस्ताक्षर अभियानमार्फत् संकलित समर्थनपत्रहरू सम्बन्धित संवैधानिक निकायहरूमा बुझाउने तयारी भइरहेको अभियानकर्मीहरूले जनाएका छन्।

