अछाममा महिनावारीमा बसेकी आमा–छोरीको ढुङ्गा लागेर मृत्यु

अछाममा महिनावारी भएकी निम खनाल र उनकी छोरी कविता भण्डारीको ढुङ्गा लागेर ज्यान गएको छ। महिनावारी भएका कारण उनीहरू घरभित्र बस्न नपाई त्रिपालमुनि बसिरहेका थिए।

निरन्तर वर्षाका कारण भीरबाट खसेको ढुङ्गाले आमा–छोरी दुवैलाई ठक्कर दिँदा घटनास्थलमै दुबैको निधन भएको प्रहरीले जनाएको छ।
यस दुखद क्षणमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। 😭🙏
