हर्क साम्पाङले छोरालाई पनि ढुङ्गा बोक्न सिकाए
धरान, ८ भदौ २०८२ (आइतबार) — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ फेरि एकपटक चर्चामा आएका छन्। नगर विकासका काममा आफ्नै हात खटाउँदै आएका उहाँले यसपटक आफ्नै छोरालाई समेत ढुङ्गा बोक्न सिकाएर श्रमको शिक्षा दिनुभएको छ।
श्रमकै सम्मान
सामान्यतया नेताहरूका छोराछोरी सहज र विलासी जीवनमा रमाउने परम्परा रहे पनि साम्पाङले त्यसलाई तोड्दै आफ्नो छोरालाई श्रममा जोड्नुभएको हो। उहाँले ढुङ्गा बोकेको छोरालाई सम्बोधन गर्दै भनेका छन्, “धरान बनाउनुपर्छ भने हामी सबैले खट्नुपर्छ। श्रमलाई तुच्छ मान्नु हुँदैन, यही बाटोले देशलाई अघि बढाउँछ।”
स्थानीयको प्रतिक्रिया
यस दृश्य सार्वजनिक भएपछि स्थानीयवासीहरू र सामाजिक सञ्जाल प्रयोगकर्तामाझ ठूलो चर्चा भएको छ। धेरैले साम्पाङको शैलीलाई “साँचो नेताको चिनारी” भनेर व्याख्या गरेका छन्। कतिपयले भने, नेताले आफ्ना परिवारलाई श्रमको मूल्य सिकाउँदा समाज नै सचेत हुने विश्वास व्यक्त गरेका छन्
धरानका मेयर साम्पाङ यसअघि पनि वृक्षरोपण अभियान, खानेपानी व्यवस्थापन, सडक निर्माण लगायतका काममा आफ्नै हातले श्रम गर्दै देखिएका थिए। उहाँले “कुराले होइन, कामले नेतृत्व” गर्ने शैली देखाइरहेका छन्।
✍ समाचार लेखक : रविन्द्र राज गौतम
