जानकी गाउँपालिकामा नयाँ प्रशासनिक भवनको शिलान्यासकैलाली, दुर्गौली —

जानकी गाउँपालिका–५ दुर्गौलीमा नयाँ प्रशासनिक भवनको शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष गणेश चौधरी र उपाध्यक्ष लालमति देवी कठरियाले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभयो।

गाउँपालिकाका अनुसार भवन निर्माणको जिम्मा त्रिवेणी लाफा–शुभ लक्ष्मी जेभी, काठमाडौंले पाएको छ।

निर्माण कम्पनीसँग २४ महिनाभित्र भवन सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको हो।

गाउँपालिकाले नयाँ भवन निर्माणपछि सेवा प्रवाह थप सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।
