सुखड, भदौ १ गते साेमबार, २०८२

घोडाघोडी नगरपालिका–७ कैलालीमा आमा र छोरी रुखमा झुन्डिएको अवस्थामा मृत फेला भटइरएका छन्। इलाका प्रहरी कार्यालय सुखडकाे बयान अनुसार साउन २९ गतेदेखि बेपत्ता भएका उनीहरू ३१ गते दिउँसो नजिकैको गौरीशंकर सामुदायिक वनमा मृत अवस्थामा भेटिएका हुन् ।
मृत भेटिएकी २१ वर्षीया आरती डंगौरा र उनकी १० महिनाकी छोरी अनुजा डंगौरा रहेको इलाका प्रहरी कार्यालय सुखडका डीएसपी रमेश दत्त अवस्थीले जानकारी दिए । उक्त शवलाई पोष्टमार्टमका गर्न टिकापुर अस्पताल पठाइएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ।
