हर्क साम्पाङको बालेन शाहमाथि तीखो टिप्पणी“संकटमा लुक्ने नेता डरपोक हुन्छन्” –

हर्क साम्पाङधरानका मेयर हर्क साम्पाङले काठमाडौं महानगर प्रमुख बालेन शाहप्रति सार्वजनिक टिप्पणी गर्दै तीखो अभिव्यक्ति दिएका छन्। उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्,“संकटको बेलामा लुक्ने र सडकमा आउन नसक्ने व्यक्ति डरपोक हो। आफूले जिम्मा लिन नसकी अरूलाई थोपर्ने किसिमका नेताको कारण देशले निकास पाउन सकेको छैन।”आलोचना र प्रतिक्रियायो अभिव्यक्ति सार्वजनिक भएपछि विभिन्न प्रतिक्रिया देखिएका छन्।

धेरैले भनेका छन् कि अहिलेको बिषम परिस्थिति मिलेर समाधान खोज्ने समय हो, तर हर्क साम्पाङले अस्वभाविक रुपमा आक्रामक स्टाटस लेख्दै आफ्नै छवि कमजोर बनाइरहेका छन्।राजनीतिक विश्लेषकहरूको भनाइमा जनप्रतिनिधिहरूले आपसी समन्वय, सहकार्य र संयम देखाउनुपर्ने बेलामा एक अर्कामाथि आक्षेप लगाउनु देश र जनताका लागि हानिकारक हुने बताइएको छ।

जनताको धारणासामाजिक सञ्जालमा नागरिकहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। कसैले हर्कको बोलीलाई “सत्य तर असावधानीपूर्ण” भनेका छन् भने कसैले “बालेनप्रति व्यक्तिगत आक्रमण” भन्दै आलोचना गरेका छन्। धेरैले दुवै मेयरले मिलेर काम गर्नुपर्ने अपेक्षा पनि व्यक्त गरेका छन्।
✍️ रविन्द्र राज गौतम
