काठमाडौँ ,असोज १ गते २०८२
दलित समुदायको अधिकार र सामाजिक न्यायका लागि लामो समयदेखि सक्रिय खगेन्द्र सुनार मन्त्री बन्न लागेका छन्। स्रोतका अनुसार उनलाई सरकारमा समावेश गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
सुनार लामो समयदेखि दलित अधिकारका सवालमा आवाज उठाउँदै आएका नेता हुन्। उनले शिक्षा, रोजगारी, समान अवसर र सामाजिक न्यायका विषयलाई निरन्तर आफ्नो राजनीतिक एजेण्डा बनाउँदै आएका छन्।
दलित समुदायका प्रतिनिधिहरूले सुनारको मन्त्री नियुक्ति ऐतिहासिक उपलब्धि हुने बताएका छन्। उनीहरूको भनाइमा, यसले दलित आन्दोलनलाई थप ऊर्जा र राजनीतिक सम्बल दिनेछ।
यद्यपि मन्त्रालय कुन पाउने भन्ने विषयमा अन्तिम टुंगो लागिसकेको छैन। तर, मन्त्रीको रूपमा उनको समावेशीकरणले सरकारको समावेशी चरित्रलाई बल मिल्ने अपेक्षा गरिएको छ।
