प्रम दाहाल काठमाडौँ, २४ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लगायत मन्त्रालयका सचिव, मन्त्रालयसँग सम्बन्धित अन्य मन्त्रालयका प्रतिनिधिलाई वैदेशिक रोजगारीमा देखिएका समस्याका समाधान गर्न निर्देशन दिनुहुँदै। तस्बिर : रत्न श्रेष्ठ/रासस
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई संविधानविरोधी, अलोकतान्त्रिक र जनविरोधी भनेका छन्।
उनले सामाजिक सञ्जाल नियन्त्रण होइन, उचित नियमनको पक्षमा आफूहरू अडिग रहेको स्पष्ट गर्दै कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक कदम भएको टिप्पणी गरेका छन्।प्रचण्डका अनुसार उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रता मात्र नभई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक र उनका परिवारबीचको सम्पर्कलाई समेत असहज बनाएको छ।
उनले संसदमा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागितासहित अघि बढाउनुपर्नेमा बल दिँदै, सरकारले गरेको निर्णय तत्काल खारेज गर्न माग गरेका छन्।
