धरान पैदल यात्रा मेयर हर्क
धरान, १० भाद्र २०८२ धरान उपमाहानरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा हिजाे दिउँसो १२ बजेदेखि सुरु भएको “सीमा अतिक्रमणको विरोधस्वरूप सम्बन्धित पैदल यात्रा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
“सीमा अतिक्रमणको विरोधस्वरूप धरानका मेयर हर्क साम्पाङ पैदल यात्रा ।

यात्रा मेयर साम्पाङको घरबाट सुरु भई धरानका मुख्य सडक हुँदै सामुदायिक स्थलसम्म पुग्यो। यस क्रममा स्थानीयवासी, शुभचिन्तक र समर्थकहरूको उल्लेख्य सहभागिता रह्यो। बाटोभरि स्वागत, गीत–संगीत र सांस्कृतिक प्रस्तुतिहरूले यात्रालाई अझ आकर्षक बनाए।
मेयर साम्पाङले यस यात्रालाई “जनतासँग नजिक रहनु र संस्कृतिको जगेर्ना गर्नु” भन्ने उद्देश्यसहित अघि बढाइएको बताए। स्थानीय समुदायले पनि यसलाई एकता, आस्था र संस्कृतिको संरक्षण गर्ने अवसरका रूपमा लिएका छन्।
✍ समाचार : रविन्द्रराज गौतम
