टीकापुर – ६ भाद्र २०८२ / टिकापुर नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न निजी तथा आवासीय विद्यालयहरूले शुक्रबार प्रस्तावित शिक्षा विधेयकको विरोधमा संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन्।
गुणस्तरीय शिक्षा निजी विद्यालयको प्रतिबद्धता भन्ने मुल नारका साथ संघीय शिक्षा ऐन २०८० मा निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागेको नीतिगत विरुद्ध २०८२ / ५ /६ गतेका दिनमा टीकापुर र जानकीका निजी विद्यालयहरूले शान्तिपूर्ण बस र्याली तथा विरोध कार्यक्रम गरेका थिए।
आन्दोलनमा सहभागीहरूले विद्यालयका बस र मोटरसाइकल सहितको र्यालीमार्फत कालो झण्डा देखाएर विराेध जनाए छन। विराेध र्याली टीकापुर बसपार्कबाट सुरु भइ खड्गकचोक, जमरा, साथी अस्पताल, दुर्गौलीलगायत क्षेत्रहरु परिक्रमा गर्दै टीकापुर नगरपालिकाको भानुचोकमा पुगी कोणसभामा गरेका थियो।

उक्त कार्यक्रममा टीकापुर प्याप्सनका नगर अध्यक्ष मानबहादुर थापाक, एन प्याब्सन केन्द्रीय उपाध्यक्ष चेतराज खनाल, प्याब्सन सुदूरपश्चिम प्रदेश उपाध्यक्ष डम्बर सोडारी, कैलाली जिल्ला अध्यक्ष जयकृष्ण तिमिल्सिना लगायतले मन्तव्य राख्नुभएको थियो। र उक्त कार्यक्रमकाे अध्यक्षता टीकापुर प्याप्सनका नगर अध्यक्ष मानबहादुर थापाले गर्नुभएकाे थियाे ।
टीकापुर प्याब्सन नगर उपाध्यक्ष देवेन्द्र शाहले स्वागत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन प्याब्सन महाधिवेशन प्रतिनिधि शिवराम चौलागाईंले गर्नुभएको थियो।
