प्रचण्डले भने– “अभिभावकको हैसियतले भेट्न गएको हुँ, रवि दुब्लाउनुभएको रहेछ”
ललितपुर, ४ भदौ २०८२ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागारमा भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने,

“अभिभावकको हैसियतले उहाँलाई भेट्न गएको हुँ। रवि दुब्लाउनुभएको रहेछ, तर उहाँले स्वास्थ्य सामान्य रहेको बताउनुभयो।”
उनका अनुसार, लामिछानेले कारागारभित्र खानपिन र बसाइँ राम्रो भएको तर सरकार र सत्तारूढ गठबन्धनबाट आफूलाई विभेद गरिएको गुनासो गरेका छन्।

प्रचण्डले भैरहवामा भेट्न चाहेको तर समय नमिलेपछि काठमाडौंकै नख्खु कारागारमा भेट भएको पनि स्पष्ट पारे।
पूर्वप्रधानमन्त्री प्रचण्डले थपे,
“उहाँले यहाँको व्यवस्थापन राम्रो भएको भन्नुभयो, तर राजनीतिक कारणले अनुदार व्यवहार भएकोमा दुख व्यक्त गर्नुभयो।”

✍ रविन्द्र राज गौतम
