धरान, ६ भदौ २०८२ । धरानका मेयर हर्क साम्पाङ : “म बाघ होइन, श्रमिक हुँ”
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो मनको भावनालाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै श्रमप्रतिको आस्था र इमानदार नेतृत्वको सन्देश दिएका छन्। उनले फेसबुकमा लेखेका छन्, “सबैले ‘म बाघ हुँ’ भन्छन् ! म नाथे चाहिँ यो खाले पन्जा लिएर के बाघ हुँ भन्नु र? दिन रात बिरुवा रोपेर !”

साम्पाङले आफ्ना काम गरेका हातहरूको तस्वीर पनि शेयर गरेका छन्, जसमा ठेला र घाउहरू स्पष्ट देखिन्छन्। ती हातहरूले उनको वास्तविक पहिचान देखाउँछन्—नेता भएर भाषण र शक्ति प्रदर्शन गर्नु मात्र होइन, तर जनताकै बीचमा रहेर श्रम गर्ने नेतृत्व।

उनको भनाइले स्पष्ट पार्छ कि, आफूलाई अरू नेताजस्तै “बाघ” भनेर शक्तिको प्रदर्शन गर्ने मान्छे ठान्दैनन्। बरु उनले ठेला परेको हातलाई श्रमको गौरवको प्रतीकका रूपमा देखाउँदै, धरानलाई हरियाली र सफा बनाउन निरन्तर काम गरिरहेको जनाएका छन्।
साम्पाङको मनको भाव यो हो कि :
नेता भनेको जनताको बीचमा रहेर काम गर्ने व्यक्ति हो, केवल शक्ति प्रदर्शन गर्ने होइन। श्रम नै उसको गर्व हो, ठेला परेको हात उसको पहिचान हो।
बालेनले पनि सामाजिक संजालमाफर्त यस्ताे लेखेका छन, तपाइ सुन्दर त्याे कहिल्यै नबिर्सनुहाेस राम्राे राम्राे

बिरुवा रोपेर, शहर सुन्दर बनाउन लाग्ने काम नै उसको राजनीति हो, जसलाई उनले आफ्नो धर्म ठानेका छन्।

हर्क साम्पाङको अभिव्यक्तिले देखाउँछ कि उनले राजनीतिमा शक्ति र प्रभुत्वलाई भन्दा श्रम र इमानदारीलाई प्राथमिकता दिएका छन्। उनी आफूलाई “बाघ” होइन, श्रम गर्ने सिपाहीका रूपमा देखाउन चाहन्छन्। जनतासँगै पसिना बगाउने नेताको रूपमा उनले दिएको यो सन्देश धरान मात्र होइन, सम्पूर्ण समाजका लागि प्रेरणादायी बनेको छ।
–––
समाचारदाता : रविन्द्र राज गौतम
