२ भाद्र २०८२ गोल्माचौर गाउँपलिका वडा नंं २ गोल्टार बस्ने किस्न माया राना मगरकाे अरिङ्गालको टोकाईबाट ज्यान गएको छ।
बेलुका करिब ४ बजे बाख्रालाई घास काट्न को लागी बारिमा गएकी किस्न माया राना मगर लाई नजिकै रहेको अरिङ्गालले एक्कासी आक्रमण गरेको थियो।

बारीमा घास काट्दै गरेको बेला सिम सिम पानी परि रहेको थियो। किस्न माया राना सधै झै घास काट्दै हुनुहुन्थ्याे त्यहीबेला, बारी को डिल मा सालको अग्लो रुख माथि बिगत ४ / ५ वर्ष अगाडी देखि नै कालो अरिङ्गालको गुंड थियो । पहिले पनि १/२ पटक साधारण रुपमा केहि मानिसहरुलाई अरिङ्गालले टोकिसकेको थियो तर अग्लो रुख भएकोले गुड भत्काउन सकिएको थिएन जसले गर्दा नजिकै को बाटो मा आवातजावत गर्न लाई पनि डर लाग्द थियो तर एक्कासी भदौ २ गते बेलुकीपख नसोचेको घटना हुन पुग्यो, बारी मा घास काट्दै गरेको किस्न माया आमाको जिउ मा अरिङ्गाल खनिएपछी कराउदै जिउ घासले टकटकाउदै घरमा आउनु भयो र छिमेकी हरुले देखेर घरेलु औषधि दलेर लगाइदिए ।
तर धेरै टोकाई भएको कारण निकै छाटपटि भई रहेको थिइन् र ज्वरो आयाे त्याहा, स्वास्थ्य चौकी अस्पताल नजिक नभएको कारण पनि घरेलु औसधि पिठो, पिडालु को चोप लगाई राखियो तर केहि समय पश्चात ८ बजे राती किस्न माया राणा ले संसार छाड्नु पर्यो ।
