काठमाडौं २७ भद्र २०८२ । जेन जिहरूको आन्दोलनका माग सम्बोधन गर्नका लागि अन्तरिम संविधान अन्तर्गत प्रधानमन्त्रीको रुपमा अगाडि सारिएकी पूर्वप्रधानन्यायाधीश सुशिला कार्की, राष्ट्रपति रामचन्द्र पौडेल, सेनापति सिग्देल र जेन जि प्रतिनिधिहरूबीच आज बिहान सितल निवासमा वार्ता भएको थियो।

बैठकमा जेन जि प्रतिनिधिहरूले भ्रष्टाचार अन्त्य गर्ने, पारदर्शी सरकार बनाउने, सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउने लगायतका मागहरू प्रस्तुत गरेका थिए।
सो क्रममा सुशिला कार्कीले भ्रष्टाचार नियन्त्रणका लागि स्वतन्त्र भ्रष्टाचार आयोग गठन गर्नुपर्ने प्रस्ताव अघि सारेकी थिइन्। तर, उक्त प्रस्तावमा उपस्थित राजनीतिक दलका नेताहरूले आ-आफ्ना स्वार्थअनुरूप समर्थन जनाएपछि कार्की असन्तुष्ट देखिइन्।
उनले भनिन्,> “हातखुट्टा बाँधेर काम गर्ने हो भने मलाई यस्तो प्रधानमन्त्री चाहिँदैन।”उनले थप्दै भनेकी थिइन्, “देशलाई संस्थागत सुधारतर्फ लैजान ढोका खोल्ने कुरा हो, तर सबै दलले आफ्नो स्वार्थका लागि आयोगको शक्तिलाई सीमित पार्न खोजे भने यो पदमा बस्नुको अर्थ हुँदैन।

”यसपछि उनी असन्तुष्ट हुँदै बैठकस्थलबाट बाहिरिएकी थिइन्। बैठक अन्त्यमा राष्ट्रपति पौडेलले वार्ता अझै पनि निरन्तरता दिने बताए। सेनापति सिग्देलले पनि जेन जि आन्दोलनलाई शान्तिपूर्ण रुपमा सम्बोधन गर्नुपर्ने पक्षमा आफू रहेको जनाए। जेन जि प्रतिनिधिहरू भने ठोस निर्णय नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
