चुमनुव्री–६ का वडाध्यक्ष सरोज लामा
- चुमनुव्री–६ का वडाध्यक्ष सरोज लामा मंगलबार जर्मनी हिँडे, यसअघि अमेरिका र बेलायत गएका गोरखाका दुई वडाध्यक्ष एक वर्षदेखि फर्किएका छैनन् । चुमनुव्रीका तीन वडा सदस्य भने राजीनामा दिएर बिदेसिएका छन्। सिरानचोक गाउँपालिका–५ का वडाध्यक्ष पोखरेल लामो समयदेखि वडा कार्यालयमा अनुपस्थित भएपछि स्थानीयले वडाध्यक्ष पद खारेजीको माग राख्दै गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र पनि बुझाएका थिए। पोखरेलले अघिल्लो असारमा रामचन्द्र पोखरेललाई कार्यवाहक तोकेर अमेरिका गएका थिए। ‘उहाँ अघिल्लो साउनमा गाउँपालिकामा जानकारी गराएर विदेश जानुभएको थियो, दोस्रो पटक माघमा आएर फेरि असारमा विदेश जाँदा गाउँपालिकालाई जानकारी भएन,’ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले भने, ‘स्थानीयहरुले हाम्रो निर्वाचित वडाध्यक्ष कहाँ हुनुहुन्छ जानकारी चाहियो भनेर हामीलाई ज्ञापनपत्र पनि बुझाउनुभएको छ।’

भाद्र १२, २०८२ वडाध्यक्ष लामा २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । वडाध्यक्ष लामाले आफू विदेश गएकोबारे गाउँपालिकालाई पनि जानकारी गराएका छन् । लामाले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी ठिले ग्याम्जोलाई दिएको जानकारी गाउँपालिकामा गराएको चुमनुव्रीका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए। ‘नफर्कुन्जेल कार्यवाहकको जिम्मेवारी वडा सदस्यलाई दिएको जानकारी गराउनुभएको छ,’ उनले भने। कार्यवाहक वडाध्यक्षले पनि वडाध्यक्षसरह नै अधिकार पाउने लामिछानेले बताए ।
अबदेखि राजनीतिबाट सदाका लागि बिदा भएको निर्णयसहितको घोषणा पनि उनले सामाजिक सञ्जालमा व्यक्त गरेका छन् । ‘जिन्दगीलाई पुनः एकपटक शून्य अर्थात् जिरोबाट सुरुवात गर्न यो युवा पनि परदेश लागियो,’ उनले फेसबुकमा लेखेका छन् । वडाध्यक्ष पद छाड्दा सेवा प्रवाह प्रभावित नहुने र कार्यवाहक वडाध्यक्षमार्फत निरन्तर सेवा उपलब्ध हुने पनि उनले उल्लेख गरेका छन्। लामाले वडा सदस्य ठिले ग्याम्जोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।
सिरानचोक गाउँपालिका–५ का वडाध्यक्ष पोखरेल लामो समयदेखि वडा कार्यालयमा अनुपस्थित भएपछि स्थानीयले वडाध्यक्ष पद खारेजीको माग राख्दै गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र पनि बुझाएका थिए। पोखरेलले अघिल्लो असारमा रामचन्द्र पोखरेललाई कार्यवाहक तोकेर अमेरिका गएका थिए। ‘उहाँ अघिल्लो साउनमा गाउँपालिकामा जानकारी गराएर विदेश जानुभएको थियो, दोस्रो पटक माघमा आएर फेरि असारमा विदेश जाँदा गाउँपालिकालाई जानकारी भएन,’ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले भने, ‘स्थानीयहरुले हाम्रो निर्वाचित वडाध्यक्ष कहाँ हुनुहुन्छ जानकारी चाहियो भनेर हामीलाई ज्ञापनपत्र पनि बुझाउनुभएको छ।’
- चुमनुव्री गाउँपालिका–६ का वडाध्यक्ष सरोज लामा वैदेशिक रोजगारीका लागि जर्मनी गएका छन्।
- उनी राजनीतिबाट सदाका लागि बिदा भएको घोषणा गर्दै सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्।
- गाउँपालिकामा अन्य निर्वाचित जनप्रतिनिधिहरू पनि विदेश गएर फर्किएका छैनन्, जसले स्थानीय सेवामा असर पार्न सक्छ।
