रवि लामिछानेको स्वास्थ्यमा समस्या — अस्पताल लाग्ने अवस्था सिर्जना भयो
काठमाडौँ, २ भद्र, २०८२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई हालै जेलमा छालासम्बन्धी स्वास्थ्य समस्या देखिएको छ। नख्खु कारागारमा रहेका उनका स्वास्थ्य अस्वस्थ भएपछि ट्रमा सेन्टरका चिकित्सकहरूलाई कारागारमै बोलाई परीक्षण गरिएको र थप जाँचका लागि रगतको नमूना लिने उद्देश्यले अस्पताल पठाइएको छ।

रास्वपा प्रवक्ता मनिष झाले बताएका छन् कि “उनको छालामा समस्या देखिएको थियो र कारागारबाट बाहिर निस्कन प्रतिबन्धित अवस्थामा रहँदा सम्भवतः भिटामिनको कमी हुनसक्ने आशंका छ। त्यसैले रगत परीक्षणका लागि ट्रमा सेन्टरले नमूनाहरू संकलन गरी लाने जिम्मा पाएको छ र रिपोर्ट छिट्टै आउनेछ।”
उक्त परीक्षणका क्रममा उनको स्वास्थ्य अवस्था पत्ता लगाउने योजना राखिएको छ। परीक्षण रिपोर्ट आएलगत्तै सार्वजनिक सूचना जारी गरिने तयारी भइरहेको बताइएको छ।
✍ पत्रकार : रविन्द्रराज गौतम

